कञ्चनपुर । भारत गुजरातबाट फर्किएका भीमदत्त नगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका ती पुरुषको गए राती निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी गत चैत २२ गते भारतबाट फर्किएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारकालागि महाकाली अस्पताल भर्ना गरिएको थियो ।
मृत्यु भएका कोरोना सङ्क्रमितको आजै दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ ।
यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भैसकेको छ । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् ।
मङ्गलबारमात्रै भीमदत्त नगरपालिका(२ का दुईजनामा कोरोना सङ्क्रमण देखिएको छ ।
Leave a Reply