३६० जनाका लागि नेपाल प्रहरीले खुलायो जागिर

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक २१, २०७७      0

काठमाडौं । नेपाल प्रहरीले मातहतका कार्यालयमा कार्यालय सहयोगीका विभिन्न पदमा जागिर खुलाएको छ । शुक्रबार एक सार्वजनिक सूचना मार्फत विभिन्न पदमा ३६० जनाका लागि जागिर खुलाएको हो ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना मार्फत दरखास्त आह्वान गरेको जनाएको छ । खुला र समावेशी गरी माली तथा बगैंचे, भान्छे, हजाम, सिलाइ तथा बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त खोलिएको छ । सूचना अनुसार ९ जना माली, २६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाई बुनाई , ५० जना कुचीका र १५ जना खेलाडीका लागि जागिर खुलाएको हो ।

आगामी मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम बुझाउन सकिने छ । खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन सक्नेछन् भने अरुका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । दरखास्तका लागि एक सय रूपैयाँ राजश्व तिर्नुपर्नेछ । साधारण लेखपढ भएकाले पनि आवेदन दिन पाउने छन् । सूचना अनुसार १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *