दादुरा सङ्क्रमितको सङ्ख्या पुग्यो १९२

 ग्लोवल टि.भी.      सोमवार, माघ २, २०७९      0

माघ २ –  नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । स्वास्थ्य कार्यालय बाँके आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।

सरकारले दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा ६ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।

सोमबार नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्रमार्फत दादुराविरुद्धको खोप लगाउँदै छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकि ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई वडाका स्वास्थ्यकर्मिहरु मार्फत खोज र खोप अभियान जारी रहेको छ ।

आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएका थिए । योसँगै बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *