काठमाडौंबाट गएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

 ग्लोवल टि.भी.      सोमवार, माघ २, २०७९      0

माघ २– विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा गएका  छन् ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहालले पोखरा गएर शवको परीक्षण थालेका हुन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *