जुम्लाको पातरासीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, माघ २, २०७९      0

माघ २– जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्युु भएको छ।

सोमबार हपरान्ह ४ः०० बजे, पातरासी गाउँपालिका–६ ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरिक्षक यम बहादुर बुढा मगरले बताए।

उनका अनुसार दुर्घटनामा परि मृत्युु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने छोजुम लामा रहेकी छन्।

घाइते सबैलाई उपचारका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ, उनले भने, घाइतेहरुको संख्या पनि एकिन भएको छैन।

प्रहरी पुग्नु भन्दा अगाडि नै स्थानीयले उद्दार गरि अस्पताल पठाएको जिप्रका जुम्लाले जनाएको छ।

जिप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *