ग्लोवल टि.भी.
सोमवार, माघ २, २०७९
0

माघ २– यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत मृतकका आफन्तले पोखरामै बुझ्न नसक्ने बाँकी शव काठमाडौँ ल्याउन लागिएको हो ।
‘पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चात् शव बुझाउन सुरु गरिएको छ । बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ ।
विमानमा चालकदलका सदस्यसहित ७२ जना सवार थिए । जसमा महिला २५ जना, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए । आइतबारको दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने ३ जना अझै बेपत्ता छन् ।
Post Views: 47

Leave a Reply