एकजनाको उद्धार
ग्लोवल टि.भी.
सोमवार, माघ २, २०७९
0

माघ २– चोभारमा तीनजना सवार कार दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट एकजनाको उद्धार गरी अस्पताल लगिएको छ ।
बाँकी दुईजनाको खोजी कार्य जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनीहरू वाग्मती नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार कार जलबिनायक पुल नजिकै खसेको छ । उद्धार गरेर बल्खुको बयोधा अस्पताल पुर्याएकी महिलाको नाम अम्बिका केसी रहेको प्रत्यक्षदर्शी ज्ञानेन्द्र महर्जनले बताए ।
स्थानीयको सहयोगमा ललितपुर प्रहरी र कीर्तिपुर प्रहरीले खोजी गरिरहेका छन् ।
बा ५ च ५६५४ कार चोभारबाट खोकनातर्फ जाँदै थियो ।
Post Views: 129

Leave a Reply