नेपालमा हवाई दुर्घटनाको कारण : मानवीय कमजोरी कि यन्त्रिक त्रुटी ! (भिडियोसहित)

किन पाइलटलाई दोष लगाईन्छ ?

 ग्लोवल टि.भी.      सोमवार, माघ २, २०७९      0

कैलाश/नरेश- आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर जहाजमा सवार ६९ बढिको मृत्यु भयो । घटनाबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग समेत गठन गरिसकेको छ । यस्ता आयोगहरु हरेकपटकको विमान दुर्घटनाका बेला गठन हुने गरेका छन् । अधिकांश प्रतिवेदनले मानवीय कारणले दुर्घटना हुने गरेको देखाएपनि यान्त्रिक कारणले समेत नेपालमा हवाई दुर्घटना हुने गरेको विज्ञहरु बताउँछन् ।

आइतबार पोखरामा भएको यती एयरलाईन्सको बिमान दुर्घटनाले नेपाल शोकमग्न छ । चालक दलका सदस्य सहित ६९ बढिको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको अनुसन्धानका लागी सरकारले जाँच आयोग गठन गरिसकेको छ । आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । ४५ दिनभित्रै सरकारलाई प्रबिवेदन बुझाउने गरी आयोगले काम समेत सुरु गरीसकेको छ । बिमान दुर्घटनापछी जाच आयोग गठन गरेर छानबिन थालिएको यो पहिलो पटक भने होईन । अहिलेसम्म भएका हरेक बिमान दुर्घटनाको जाचबुझ गर्न जाच आयोगहरु गठन गरिएका छन् । तर दुर्घटनाको न्युनिकरण भने हुन सकेको छैन ।

नेपालमा बिमान दुर्घटनाको कालो इहिहास छ । मानवीय क्षति हुने गरी अहिलेसम्म ६० वटा हवाई दुर्घटना भएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार ३५ आन्तरिक, ८ अन्तर्राष्ट्रिय तथा १७ हेलिकोप्टर दुर्घटनामा ८ सय ९७ ले ज्यान गुमाएका छन । नेपालमा हुने बिमान दुर्घटनाको यकिन कारण के हो ? यसबारे बहस भईरहेपनी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने बढीरहेको छ । नेपालमा बिमान दुर्घटनाका घटना पटक पटक दोहोरीदै जानुमा कतिपयले मानविय त्रुटीलाई कारण मानेका छन भने, कतिपयले भौगालीक अबस्था र यन्त्रिक त्रुटीलाई समेत दोषी ठह¥याएका छन । बायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेल नेपालमा मानविय त्रुटिका कारण बिमान दुर्घटना हुने गरेको बताउँछन् । नेपालमा अहिलेसम्म भएका विमान दुर्घटनामध्ये ९० प्रतिसत दुर्घटना मानविय त्रुटीका कारण भएको उनको दाबी छ ।

पूर्वपाइलट वाईके भट्टराई भने भौगोलिक बनावटका कारण नेपालमा बिमान दुर्घटना हुने गरेको बताउँछन् । भौैगोलिक बनावटसँगै मौसम र यान्त्रिक त्रुटीका कारण बिमान दुर्घटना हुने गरेको तर दोष भने, पाइलटलाई दिने गरेको उनको भनाई छ ।

नेपालमा हवाई दुर्घटना बढ्नुमा कतिपयले बिमान दुर्घटनापछि बनाइएका जाँचबुझ समितिको प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्नुलाई समेत कारण मानेका छन । विज्ञहरुले बुझाएको प्रतिवेदन थन्क्याएर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल बताउछन ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि छानबिन आयोगले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा बिमान दुर्घटनाका घटनाहरुको पुनरावृत्ति भइरहेको बताउछन । जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने उनको धारणा छ ।

पटक पटक भईरहने बिमान दुर्घटनाले नेपालको हवाईक्षेत्र असुरक्षित भएको सन्देश अन्तराष्ट्रि स्तरमा पुगीरहेको छ । नेपालले सन् २०१३ देखि ईयूको हवाई प्रतिबन्ध समेत खेपिरहेको छ । विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाईयात्रा नेपालमा भने असुरक्षित बन्दा सरकारले गम्भिर ध्यान दिनुपर्ने विज्ञहरु बताउछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *