ग्लोवल टि.भी.
मङ्लबार, माघ ३, २०७९
0

माघ ३ – मन्त्रालय भागबण्डाका क्रममा सत्तारुढ दलहरूबीच छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम र शिक्षा मन्त्रालयका साथै प्रतिनिधिसभाको उपसभामुख पाउने भएको छ।
सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा मन्त्रालय दिने निर्णय भएको हो। तीन मन्त्रालय सहित रास्वपाको भागमा एक राज्यमन्त्री पनि परेको छ। गृहमा अहिले नै पार्टी अध्यक्ष रवि लामिछाने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको थियो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका अनुसार कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा हिजो टुङ्गिएको थियो, र आज आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुनेछ।
उनका अनुसार आज नै सपथ ग्रहण कार्यक्रम हुनेछ।
Post Views: 71

Leave a Reply