नीति र सिद्धान्त बन्धकी राखेर राप्रपा सरकारमा गयोः कमल थापा

 ग्लोबल टिभि           0

माघ ४– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् ।

हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे। स्वाभिमान पूर्वक पार्टी उठाउँछौँ थापाले भने निर्वाचनमा ठुलो अपेक्षा थिएन , तर पनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरता पूर्वक लिएका छौ‌ ।

राप्रपा नेपालको औतित्य र महत्त्व अझै बढेर चर्चा गर्दै थापाले ‘हामीलाई सरकारमा गएर गल्ती गर्‍यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्’ भनी प्रश्न गरे । हामीले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुने समेत उनले विश्वास व्यक्त गरे ।

आज आफूहरूले कठिन बाटो रोजेको भन्दै उनले पटक पटक अग्नि परीक्षा पार गरेको मान्छेलाई लाञ्छना लगाई चरित्र हत्या गरेकोमा गुनासो समेत गरे। राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने, सत्तामा नजाने अब सिद्धान्त केन्द्रित राजनीति गर्छौ भन्नेहरू हिन्द राष्ट्र र राजसंस्थाको एजेन्डालाई ुडिपफ्रीजुमा राखेर सत्ता रोहण गरेको समेत आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *