डा.अधिकारीको गजल ‘जिउने चाहना’मा केकी

 ग्लोवल टि.भी.      बिहिबार, माघ ५, २०७९      0

माघ ५ – डा. रमिल अधिकारीको शब्द तथा गायक थानेश्वर गौतमको स्वर र सङ्गीत रहेको गजल गीत ‘जिउने चाहना’ सार्वजनिक भएको छ । गीतकार अधिकारीको जन्मदिन पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा गीतकार डा. अधिकारी र अभिनेत्री केकी अधिकारी अभिनय देख्न सकिन्छ ।

एक प्रेमीले जोडीबिचको प्रेम र विरहको कथा भिडियोले देखाएको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन छ ।

गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतकार डा. अधिकारी अहिले न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा कार्यरत छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *