साउदी रियाल सहित १ जना पक्राउ

 ग्लोबल टिभि      बिहिबार, माघ ५, २०७९      0
file photo

माघ ५ –  काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल १४ हजार ४ सय सहित धनुषा धनुषाधाम  नगरपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय एमडि नजिमलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय  साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ  ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *