सुर्खेतमा आगलागी ९ घर जलेर नष्ट

 ग्लोबल टिभि      शुक्रबार, चैत्र २७, २०७७      0
file photo

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल गाउँपालिका–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन भने एउटा आशिंक रुपमा जलेको वडा अध्यक्ष युवराज कार्कीले जानकारी दिए ।

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालको लागि खाद्यान्नहरु पनि वितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *