उपसभामुखको निर्वाचन तालिका सार्बजनिक, आज मनोनयन दर्ता

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ६, २०७९      0

माघ ६ –   संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन तालिका सार्बजनिक भएको छ ।

जसअनुसार आज उपसभामुखको उमेदवारी दर्ता हुँदै छ ।  संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ ।

उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *