ग्लोवल टि.भी.
शुक्रबार, माघ ६, २०७९
0

माघ ६ – आजबाट सोनाम ल्होछारको अवसरमा महोत्सव शुरु हुँदैछ। सोनाम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने आयोजकले बताएको छ।
तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा शुक्रबार, शनिबार र आइतबार ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो।
तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरुद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन्।
Post Views: 66

Leave a Reply