सांगीतिक यात्राका लागि नेपथ्य अष्ट्रेलियामा

 ग्लोवल टि.भी.      शनिबार, माघ ७, २०७९      0

माघ ७ – सांगीतिक यात्रा गर्न नेपालको लोकरक ब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ। नेपथ्यको १३ सदस्यीय टोली शनिबार आइपुगेको हो।

नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी जनवरी २५ मा डार्विनमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।

अष्ट्रेलियाका विभिन्न ८ सहरमा हुने कन्सर्ट कार्यक्रम आयोजना हुनेछ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले अस्ट्रेलियाका ६ वटा शहरको सांगीतिक यात्रा गरेको थियो।

नेपथ्यले ‘म्युजिक फर ह्युम्यानिटी’ नाम दिएर अस्ट्रेलिया यात्रा गर्न लागेको जनाएको छ। २५ जनवरीमा डार्बिनस्थित ‘इन्टरटेन्मेन्ट सेन्टर’ बाट शुरू हुने यात्रा एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी, मेलबर्न र होबार्ट पुगेर सम्पन्न हुनेछ।

जसमध्ये एडिलेडमा जनवरी २८, ब्रिजवेनमा जनवरी ३१, क्यानबेरामा फेब्रुअरी ३, पर्थमा फेब्रुअरी ५, सिड्नीमा फेब्रुअरी १०, मेनबर्नमा फेब्रुअरी १३ र होबार्डमा फेब्रुअरी १७ मा कार्यक्रम हुनेछ।

केही दशकयता नेपालका विद्यार्थीको पहिलो रोजाई रहेको अष्ट्रेलियामा नेपाली संगीतको स्वादलाई आफूसँगै बोकेर गएका तिनै विद्यार्थीहरुको चाहनालाई ध्यानमा राखेर नेपथ्यले अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ।

अमृत गुरूङ, निरज गुरूङ, निखिल तुलाधर, सुविन शाक्य, सुरज थापा र हरि महर्जन सम्मिलीत नेपथ्यले १० फेब्रुअरीमा सिड्नीको मुर पार्कको होर्डन प्याभेलियनमा विशेष प्रस्तुती दिने तय भएको आयोजक रोयल नेपाल इेभन्ट्सका प्रदिप पाठकले जानकारी दिए।

५५ सय क्षमताको उक्त हलमा विश्वका चर्चित गायकहरूले कन्सर्ट गर्दै आएका छन्।

नेपथ्यलाई एक्सर्पटको साथ

यसैबीच नेपथ्यको अष्ट्रेलिया टुरलाई एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले मुख्य प्रायोजकन गरेको छ।

हालै सम्पन्न एक सम्झौतामा द रोयल नेपाल इभेन्ट्स, गब्बर इन्टरटेन्टमेन्टका प्रतिनिधीहरुसँग एक्सपर्टले मुख्य प्रायोजकको भूमिका निर्वाह गर्ने निधो गरेको हो।

नेपाली गीत संगीतको उत्थान तथा कला संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले सामाजिक दायित्व र अभिभारा पुरा गर्न एक्सपर्टले मुख्य प्रायोजन गरेको जनरल मेनेजर मन्जित घिमिरेले बताए।

नेपाली लोक र आधुनिक भाकामा जनमानसलाई मोहित पार्न सफल यो सांगीतिक समूहले भर्खरै मात्र नेपालका बिभिन्न स्थानमा कल्याणकारी उद्धेश्य बोकेर आफ्नो कार्यक्रम प्रस्तुत गरेको थियो।

‘मानवताका लागि संगीत’ नाम दिएर साङ्गीतिक अभियान यात्रामा नेपथ्यले एक महीना लामो देशव्यापी यात्रा गरेको थियो।

सडक आश्रितको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’ सँगको सहकार्य सातै प्रदेशका १० शहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।

देशव्यापी यात्राबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि मानवताका लागि साङ्गीतिक कार्यक्रम गर्ने नेपथ्यका अगुवा अमृत गुरुङले बताए। “हाम्रा सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाका रूपमा प्रस्तुत गर्ने विचार गरेका छौं,” गुरुङले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *