चितवनमा ६ साहित्यकार सम्मानित

 ग्लोवल टि.भी.      शनिबार, माघ ७, २०७९      0

माघ ७ –  कालिगण्डकी साहित्य परिषद, कालिका चितवनले स्रष्टा सम्मान तथा रचना वाचन  कार्यक्रम गरेको छ। कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए।

कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट  केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरियो। समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजी अतिथिलगायतले आ-आफ्नो कविता वाचन गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *