गृहमन्त्रीले केटाकेटीपना प्रदर्शन गरे: नेपाली काँग्रेस

 ग्लोबल टिभि           0

माघ ७ – संसदमा नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेको छ । बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्रालयको कार्यशैलीप्रति कडा आलोचना गरेका हुन् ।

उनले गृहमन्त्रीले अपराधि पक्रन सूचना जारी गरेको भन्दै यो परिपाटी लज्जासपद भएको टिप्पणी गरे ।

‘गृहमन्त्रीले बाल केटा केटी पनको प्रदर्शन गर्नु भएन । के गृहमन्त्रीलाई देशको प्रहरी प्रशासनले टेर्न छाडेको हो ?,’ उनले भने, ‘मौखिक रुपमा सूचना दिँदा कोही अपराधि नपक्रने अवस्थाको सृजना भएको हा ?, कि अझै जनता ढाँट्नलाई सूचना प्रकाशन गरिएको हो ?’

गृहमन्त्रीको उक्त कार्यशैलीले देश कता जाँदैछ भनेर चिन्ता बढेको सांसद खतिवडाले भने । उनले गृहमन्त्रीले अपराधि पक्रन सूचना सार्वजनिक गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

यसरी प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने, सशस्त्रलाई लेखिएको सूचना गृहले सार्वजनिक गर्ने हो भने गोपनीयताको हक कहाँ पुग्यो ?

उनले गृहमन्त्रीले मान्छे पक्रिन नसकेर विज्ञप्ति जारी गरेको पनि आरोप लगाए ।

गृहमन्त्रीले उच्च अदालतले पक्राउ गर्न आदेश दिएको व्यक्ति सँगसँगै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि पक्राउ गर्न नसकेको उल्लेख गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *