गुल्मीमा मोटरसाइकल दुघर्टना हुँदा एकको मृत्यु

 ग्लोबल टिभि           0

गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय रामबहादुर खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका –७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा गरेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *