मोडल रन्जित पौडेल र कमल सिंहको नयाँ गीत ‘साली भेना’ सार्वजनिक (भिडियोसहित)

 ग्लोवल टि.भी.      आइतवार, माघ ८, २०७९      0

माघ ८– मोडल तथा पत्रकार रन्जित पौडेल र कमल सिंह अभिनित नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । रमन निरौलाको शव्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल रन्जित पौडेलसँगै अनिता गिरी, कमल सिंह, रितु लामा लगायतको फिचर्ड रहेको छ ।

गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ ।

जीडी क्रिएसन युट्युव च्यानलबाट साभार गरिएको उक्त म्युजिक भिडियोमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । दिपेन बस्न्यातले खिचेको उक्त म्युजिक भिडियोमा सुरज लामाको सम्पादन रहेको छ ।

भिडियो

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *