यू-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

 ग्लोबल टिभि           0

माघ ९ –  यूएईमा हुने आईसीसी यू–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन्।

क्यानले अन्तिम १४ सदस्य टोली घोषणा गरे पनि कप्तान टुंगो लगाएको छैन।

टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापामगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।

वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल थापा, राजेश यादव र निर्मल थापा छन्।

एसिया डिभिजन एक छनोटमा नेपालले हङकङ, यूएई, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *