४० लाख रुपैयाँ सहित एक जना पक्राउ

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक २१, २०७७      0

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी९पश्चिम० पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आइरहेको लु। १ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थान नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *