नेपाल टी-२० को स्पट फिक्सिङमा ४ व्यवस्थापकनै संलग्न

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १०, २०७९      0

माघ १० –  नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ ।

जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर कि‌ंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ ।

फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *