सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक छः अर्थमन्त्री

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १०, २०७९      0

माघ १० –  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै  सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका हुन्।

उनले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै  बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे।

अर्थमन्त्री पौडेलले पारदर्शीता,इमान्दारिता, व्यवसायिक क्षमता दक्षताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने बताए। उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने बताए। सार्वजनिक संस्थानहरुमा व्यवसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने उनको भनाइ छ।

उनले अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक ,राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप नहुने बताए। राजनीतिक हस्तक्षेप भएको देखे मन्त्रालयमा खबर गर्न आग्रह गर्दै अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउन आवश्यक रहेको उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *