संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार

 ग्लोवल टि.भी.      बुधबार, माघ ११, २०७९      0

माघ ११ – सङ्घीय   संसद्   सचिवालयले   नेकपा   (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन  नमिल्ने  जवाफ  पठाएको  हो  ।

शाखाका  उपसचिव   रामहरि   थापाले   कानुनअनुसार   सचेतकलाई  सुविधा  उपलब्ध  गराउन  नमिल्ने  जवाफ पठाइएको बताए । समाजवादीले सङ्घीय संसद्का पदाधिकारी तथा  सुविधासम्बन्धी  ऐनअनुसार  सुविधा  दाबी  गरेको थियो तर सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ ।

१० सांसद रहेको एकीकृत समाजवादीले ऐनको परिभाषा खण्ड (ञ) अनुसार सुविधा माग गरेको थियो । १० भन्दा बढी सांसद भएको  दलको  प्रमुख  सचेतकले  पदाधिकारीको  सुविधा पाउने ऐनमा व्यवस्था छ । सचिवालयले दलको सिट सङ्ख्या १० रहेको र १० भन्दा बढीको अर्थ कम्तीमा ११ सदस्य हुनुपर्ने भन्दै सुविधा दिन नमिल्ने जवाफ पठाएको हो ।

सुविधा शाखामा संसदीय दल गठनका अन्य पत्र पनि प्राप्त भएका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पनि सो विवरण पठाएका छन्  ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *