मर्मस्पर्शी वृत्तान्त लेख्दै प्रेमप्रसादले गरे आत्मदाह

 ग्लोवल टि.भी.      बुधबार, माघ ११, २०७९      0

माघ ११ –  काठमाडौंको नयाँ वानेश्वरमा एक व्यक्तीले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार इलामका एक व्यक्तीले व्यस्त सडकमा आत्मदाहको प्रयास गरेका हुन् । आफैलाई आगो लगाएका व्यक्तीलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नयाँ वानेश्वरको व्यस्त सडकमा एक व्यक्तीले आत्मदाहको प्रयास गरेका छन् । दृष्यमा एक व्यक्तीले आफैलाई आगो लगाएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार इलामका ति व्यक्तीले आफैलाई आगो लगाएका हुन् । संसद भवनको अगाडीको सडकमा उनले आफैलाई आगो लगाएपछि प्रहरीले आगो नियन्त्रणमा लिएर अस्पताल पु¥याएको छ । उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार नयाँ बानेश्वरबाट तीनकुने जाने मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।आत्महत्याअघि आचार्यले सामाजिक सञ्जालमा लेखेअनुसार यसअघि उनले ट्राभल एजेन्सी चलाएको भएपनि विदेशी पर्यटकले भनेअनुसारको रकम नदिएको उल्लेख गरेका छन् ।

त्यसपछि काठमाडौंका कलेजहरुका विद्यार्थीहरुलाई इलाम र दार्जिलिङ घुमाउने प्याकेज शुरु गरेको भएपनि कलेजहरुले भनेअनुसारको रकम नदिएको समेत उनले लेखेका छन् । त्यस्तै इलामको स्थानीय घिउको बजारीकरण शुरु गरेको भएपनि भनेको समयमा रकम भुक्तानी नपाएपछि आत्मदाहको विकल्प नभएको उनले लेखेका छन् ।

आचार्यले विगत २ वर्षदेखि डिप्रेसनमा रहेको र यसअघि समेत कैयौपटक यस्तो प्रयास गरेको समेत उल्लेख गरेका छन् । गाउँ फर्कौ आत्मनिर्भर बनौ भन्ने नाराका साथमा स्थानीय उत्पालनलाई बजारीकरण गर्न खोजेको भएपनि प्रदेश एक सरकारले कुनै पनि सहयोग नगरेको उनले गुनासो गरेका छन् । आचार्यका दुई छोरी र एक श्रीमती रहेका छन् । उनको अहिले किर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्टाटसः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *