
माघ ११ – यसवर्षको हिउँदयाममा पहिलोपटक हिमपात भएको छ । हिमाली जिल्लाहरुमा हिमपात भएपनि डोल्पामा भने पानी नपरेको भन्दै पूजाआजा समेत गरिएको छ । यसवर्षको हिउँदयाममा अहिलेसम्म पानी समेत नपरेको भएपनि अब भने हिमाली जिल्लामा हिमपात शुरु भएको हो ।
यसवर्षको हिउँद यामकै पहिलोपटक हिमाली जिल्लामा हिमपात शुरु भएको छ । जुम्ला, दैलेख लगाएतका जिल्लाहरुमा मंगलबार हिमपात भएको हो । यसवर्ष अघिल्ला वर्षको तुलनामा सुख्खा भएका बेला जुम्ला लगाएतका जिल्लामा मंगलबार सामान्य हिमपात शुरु भएको हो ।
हुम्लामा समेत हिमपात भएको जनाइएको छ । हिमाली जिल्लामा मंगलबारदेखि शुरु भएको हिमपात विस्तारै नेपालको अन्य भूभागमा समेत विस्तार हुने मौसमविद्हरुले जनाएका छन् । हुम्ला, जुम्ला, दैलेख लगाएतका जिल्लाहरुमा हिमपात शुरु भएपनि डोल्पामा भने अहिलेसम्म पानी समेत नपरेकाले विषेश पूजाआजा गरिएको छ । स्थानीय गुम्बामा लामाहरुले विषेश पूजाआजा गरेका हुन् ।
अघिल्ला वर्षहरुमा पुषमै हिमपात शुरु हुने गरेको भएपनि यसपालि भने माघ लागिसक्दा समेत पानी समेत परेको थिएन । अब भने वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म हिमाली तथा उच्च पहाडी जिल्लाका केही स्थानमा हिमपात भइरहनेछ ।

Leave a Reply