नयाँ मन्त्री एक्सनमा, निर्देशन मात्रै काम भएन

 ग्लोवल टि.भी.      बुधबार, माघ ११, २०७९      0

अभिषेक/विजय

माघ ११ –  चुनाव अघि संसदमा देखिएका र मन्त्रीसम्म भएका नयाँ अनुहारले जनता विचमा गएर विकास निर्माण, सार्वजनीक सेवाप्रवाह र जनगुनासोबारे लामै भाषण गरेका थिए । तर, सत्तामा पुग्दा भने भनाई र गराईमा फरक देखिएको छ । अझ भन्दा निर्देशन मात्र दिने र काम नहुने पुरानै परिपाटी देखिएको छ ।

गृहमन्त्री भए लगत्तै रवि लामिछानेआफू मातहतमा नभएको परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागमा गएर पासपोर्टको लाइन हटाउन निर्देशन दिए ।तर उनको मन्त्रालय भने गृह हो । गृह मन्त्रालय अन्र्तगत नै रवीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउगर्न निर्देशन दिए । तर कोइरी अहीलेसम्म पनी पक्राउ परेका छैनन् । मन्त्री लामिछानेले विधि र प्रक्रिया भद्रगोल बनाइएकाले काम गर्न समस्या भएको दाबी समेत गरेका छन् ।

गृहमन्त्री लामिछानेले जे सुकै दाबी गरे पनि परिणाममा भने केहि देखिएको छैन । न राहदानी विभागको लाइन हटेको छ न माइतीघरमा न्याय माग्नेहरुले न्याय पाएका छन् । न त कोइरीनै पक्राउ परेका छन् ।जानकारहरु समेत मन्त्रीको निर्देशन देखावटी मात्रै भएको हुनसक्ने   बताउँछन् ।

त्यसैगरी अर्का निर्देशन दिने मन्त्री हुन् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ। उनी सडक कालोपत्रेको अनुगमन गर्न सडकमै ओर्लिन्छन् । मन्त्री श्रेष्ठले समेत काठमाडौंका सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक महिनाको समय समेत निर्धारण गरिदिएका छन् ।

मन्त्री श्रेष्ठको निर्देशनले न त सडक कालोपत्रेको काम नै अघी बढेको छ ।न त जनताले सहज सुवीधानै महशुश गर्न नै पाएका छन् ।मन्त्रीले निर्देशन दिने र काम नहुने पुरानै शैली यसपालि पनि दोहोरिएको छ ।प्रधानमन्त्री प्रचण्डकै भनाईलाई आधार मान्ने हो भने पनि मन्त्रीले कम बोल्ने र काम धेरै गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा १५ जना नयाँ अनुहारका मन्त्री छन् । पुराना अनुहारबाट आशा र भरोसा गुमाइसकेका जनताले नयाँ अनुहार मन्त्री बनेपछि धेरै अपेक्षा समेत राखेका छन् । तर, जनताले नयाँ आशा र अपेक्षा गरिएका नयाँ अनुहारका मन्त्रीहरुले समेत उहि पुरानै ढर्रामा निर्देशन दिने काम नगर्ने पुरानै परिपाटी दोहोरिएको छ ।जुन कुरा अहीले सदन देखि सडकसम्म उठ्न थालेको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो ।

उनले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमका पदादीकारीहरुलाई मन्त्री किरातीको चेतावनी थियो । उनले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने समेत बताए।

मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने समेत पनी भन्न भ्याए । मन्त्री किराती यतीमा मात्र रोकिएनन् उनले जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।

सरकार गठनको एक महिना पुरा हुँदासम्म अहिले मन्त्रीहरु हरेक दिनजसो कुनै न कुनै निर्देशन दिइरहेका छन् । तर निर्देशनको कार्यान्वयन भए नभएका बारेमा भने मन्त्री नै बेखबर देखिन्छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *