स्पट फिक्सिङमा आदिल र मेहबुबसमातिए, फरार ८ जना खोज्दै सीआईवी(भिडियोसहित)

 ग्लोवल टि.भी.      बुधबार, माघ ११, २०७९      0

विनोद/विजय

माघ ११ – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नेपाल टि–२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ । क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका पूर्वखेलाडी मेहबुब आलम र राष्ट्रिय टिमका अलराउन्डर अदिल अन्सारीलाई प्रक्राउ गरेको हो । ब्युरोका अनुसार फिक्सिङमा १० जना संलग्न रहेको देखिएको र अन्य ८ जनाकोखोजी कार्य भइरहेको छ ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेटसंघ (क्यान)को आयोजना गरेको सर्वाधिक धनरासीको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले निष्कर्ष निकालेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सिआइवीले स्पट फिक्सिङमा संलग्न पूर्व खेलाडीमेहबुब आलम र अलराउन्डर अदिल अन्सारीलाई प्रक्राउ गरेको बताएको हो ।

सिआइवीले मेहबुबलाई विराटनगर तथा आदीललाई राजविराजबाट पक्राउ गरेको हो । म्याच फिक्सिङमा अन्य ८ जना फरार रहेको र खोजीकार्य भइरहेको ब्यूराले बताएको छ । जसमा ४/४ जना टीम व्यवस्थापक रविचौलीया तथा दुई खेलाडी गरि १० जना रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ब्यूरोको हिरासतमा राखी अनुसन्धान भइरहेको छ । छानविन तथा प्रारम्भिक अनुसन्धानको क्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका मेहबुबले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ ।

आदिललाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको अनुसन्धानले खुलाएको छ । त्यस्तै लिगमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले मिलेमतोको लागि प्रयास गरेको र एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट मिलेमतो गराउने प्रयास भएको छ । लिगमा टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको पनि खुलासा भएको छ ।

प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा रहेको वान एक्स ब्याटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दाेस्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको भएपनि हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामाग्री उपलब्ध नभएको अनुसन्धानमा देखिएको छ ।

केही फ्रेन्चाइज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको र विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको बताएका छन् ।साथै यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ ।

नेपाल टी–२० लिग प्रतियोगिता सेभेन थ्री स्पोर्टस को रणनितिक तथा व्यवसायिक साझेदारी रहेको थियो । मुलुकी अपराध संहीता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहीताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानूनी व्यवस्था छ ।नेपाली क्रिकेटमा सम्भावनाका रुपमा हेरिएका आदिल अन्सारी म्याच फिक्सिङमा परेपछि नेपाली क्रिकेट क्षेत्रमा पुन कालो बादल मडारिएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *