बजेटको अभावका कारण दाङको बसपार्क अलपत्र

 ग्लोबल टिभि      बुधबार, माघ ११, २०७९      0

मााघ ११ –  दाङको तुलसीपुर बसपार्क निर्माण कार्य बजेट अभावका कारण अलपत्र परेको छ ।

पहिलो चरणको काम पूरा भएको ३ वर्ष पुग्नै लाग्दा समेत बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न नसकेको हाे। बजेट अभावका कारण बसपार्ककाे निर्माणमा ढिलाई भएको छ । ३४ करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना बनाइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकासँग प्रयाप्त बजेट नभएपछि बसपार्क अलपत्र परेको हो । पहिलो चरणमा नगर विकास समितिबाट १० करोड ५० लाख रुपैयाँ ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो ।

पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय, सडक र सडक बत्ती निर्माण गरीएको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए। बसपार्कको बाँकी काम सक्न २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *