फ्रान्स, जर्मनी र इजरायल लगायतका मुलुकबाट नेपाल सरकारको वेबसाइटमा अट्याक, अहिले कस्तो छ स्थिति ?

 ग्लोबल टिभि      आइतवार, माघ १५, २०७९      0

माघ १५– विदेशबाट सरकारी वेबसाइटमा ‘डिस्ट्रिब्युट डिनाइल अफ सर्भिस अट्याक’ (डीडीओएस) हुँदा घन्टौँसम्म अवरुद्ध बनेको ‘जीओभी डट एनपी’ सर्भर पूर्णरुपमा नियन्त्रणमा आएको छ । शनिबार एकै पटक विदेशबाट डीडीओएस अट्याक हुँदा ५ घण्टासम्म सरकारी वेबसाइट डाउन भएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले घन्टौँको प्रयासपछि विदेशी मुलुकबाट आएको आक्रमण रोकेर सर्भरलाई नियन्त्रणमा लिइएको बताए । उनले शनिबार नेपाल सरकारको आधिकारिक सर्भर जीओभी डट एनपीमा फ्रान्स, जर्मनी र इजरायल लगायतका मुलुकबाट आक्रमण भएको बताए ।

केन्द्रका अनुसार नेपाली सर्भर ह्याक गर्ने लक्ष्य नदेखिए पनि दुःख दिने चाहना देखिएको पाइएको छ । शनिबार ५ घण्टासम्म डाउन भएको सर्भर केन्द्रका प्राविधिकले नियन्त्रणमा लिएका थिए । तर, आइतबार बिहान पुनः करिब १ देखि डेढ घण्टासम्मको अवधिमा सर्भर डाउन भएको थियो । जुन, यतिबेला पूर्णरुपमा सरकारी नियन्त्रणमा आइसकेको छ ।

जीओभी डट एनपी वेभसाइटमा समस्या आउँदा शनिबार सबै काम प्रभावित बनेका थिए । सबैभन्दा धेरै प्रभावित नागरिक उड्डय क्षेत्र बनेको थियो । अध्यागमनको वेबसाइट डाउन हुँदा अन्तर्राष्ट्रिय उडानहरु घन्टौंसम्म रोकिएका थिए । फ्लाइट कन्ट्रोल गर्ने सिस्टम नचल्दा हवाई उडानको क्षेत्र प्रभावित बनेको थियो ।

शनिबार साढे १२ देखि नियन्त्रणबाहिर गएको सर्भर बेलुका ५ बजे नियन्त्रणमा लिइएको थियो । तर, आइतबार बिहानै पुनः डीडीओएस अट्याक आउँदा सर्भर डाउन भएको थियो ।

सम्भावित साइबल आक्रमण रोक्न यतिबेला केन्द्रले २४ घन्टा नै प्राविधिक तैनाथ गरेको छ । प्राविधिकले विदेशबाट आउने अप्रत्यासित अट्याकलाई नियन्त्रण गरिरहेको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *