कैलाश- रवि लामिछानेको नागरिकतबारे सर्वोच्चले आदेश दिएपछि एमालेले अदालतको आलोचना गरेको छ । महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने मनसायसहित अदालतमा रविविरुद्ध रिट दायर भएको आरोप समेत लगाएका छन् । रविका समर्थकले एमालेविरुद्ध नाराबाजी गरिरहेका बेला महासचिव पोखरेलले भने रवीको बचाउ गरेका हुन् ।
नागरिकताको बैधानिकता मुद्धामा सर्वोच्च अदालतले रवि लामीछानेको बिपक्षमा आदेश दिएपछी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रविका समर्थकको निसानामा छन् । सर्वोच्चले अदालतले रविको बिपक्षमा आदेश दिएकै दिन उनका समर्थकले अदालत परिसरमै पुगेर एमाले अध्यक्ष ओली विरुद्ध नाराबाजी गरेका थिए । उनिहरुले रविलाई फसाउन भुमिका खेलेको भन्दै माइतिघर मण्डलामा समेत एमाले अध्यक्ष ओलीको विरोध गरेका थिए ।
रवि प्रकरणमा आफ्नै अध्यक्षको चर्को आलोचना हुन थालेपछी अहिले एमालेका नेताहरु रविको बचाउमा लागेका छन् । शनिबार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले रवीका समर्थकलाई ढाडस दिएका थिए । आइतबार महासचिब शंकर पोखरेलले रविको बचाउ गर्दै न्यायलयको कार्यसम्पादनमाथी नै प्रश्न उठाएका छन् । रविको नागरिकता प्रकरणलाई राजनीतिमा जोड्दै पोखेरलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी समेत गरेका छन् ।
संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस अहिले सत्ता बाहिर छ । सत्ता साझेदार दल एमालेका महासचिवले रविको नागरिकता प्रकरणलाई राजनीतिसंग जोडेर दिएको अभिब्यक्ती कांग्रेस लक्षित भएको कतिपयको टिप्पणी छ । अदालतले कसैको प्रभाबमा परेर रविको नागरीकता प्रकरणमा आदेश दिएको जसरी अभिब्यक्ती दिएका महासचिब पोखरेलले यसअघि भने रविको पक्षमा एक शब्द पनी बोलेका थिएनन् । बरु उनकै अध्यक्ष केपी शर्मा ओली रविको सफलतालाई नजर अन्दाज गर्दै खिसिटुयुरी गर्थे उनका समर्थकलाई चिढ्याउथे ।
एमाले महासचिब पोखरेलले रविको नागरीकता प्रकरणलाई राजनीतिकरण गर्दै सर्वोच्च अदालतको आदेशमाथी बहस छेडेका छन । उनले नामै त लिएका छैनन् तर कांग्रेस तर्फ इंगित गर्दै सत्ता गठबन्धन भत्काउन रविविरुद्ध मुद्धा हालेको आरोप लगाएका छन । पोखरेलले छेडेको बहसमा कांग्रेसको के प्रतिक्रिया आउला त्यो भने हेर्न बाकी छ ।
Leave a Reply