काठमाडौंका मेयर बालेविरुद्ध अहिलेसम्मकै ठुलो प्रदर्शन(भिडियोसहित)

 ग्लोबल टिभि      आइतवार, माघ १५, २०७९      0

अभिषेक/नरेश- काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै विरोध प्रदर्शन भएको हो । महानगरका विभिन्न स्थानका बासिन्दा माइतीघरमा भेला भई प्रदर्शन गरेका हुन् । महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको हो ।

डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । व्यक्तिगत सम्पत्तिमा महानगरले डोजर चलाएको आरोपसहित सडक विस्तार पीडित संघर्ष समितिले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनपछि सम्बोधन गर्दै सडक विस्तार संघर्ष समितिका अगुवा सुमन सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको आरोप लगाए । मेयर बालेन साहलाई सच्चिन आग्र गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए । महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी समेत दिए ।

प्रर्दशनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन्

काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । अव पनि आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *