गृह मन्त्रालयमा रास्वपाको दावी

 Global Television      सोमवार, माघ १६, २०७९      0

माघ १६ –  सर्वोच्च अदालतको फैसलाबाट सांसद पदका साथै उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका रवि लामिछाने पुनः रास्वपाको सभापति बनेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टी बैठकको निर्णयानुसार केन्द्रीय सदस्य मनोनीत हुँदै उनि पुनः सभापति बनेका हुन्। सर्वोच्चले गत शुक्रबार उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उहाँको सांसद पद खारेज गरिदिएको थियो ।

आइतबार एकैदिन तीन वटा बैठक बसेर उक्त पार्टीले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्नेदेखि केन्द्रीय सदस्यमा मनोनयन र पार्टी सभापति चयन गर्ने प्रक्रिया समेत पूरा गरेको थियो ।

बैठकपछि पार्टीका महामन्त्री मुकुल ढकालले काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टीको सदस्यता लिनेलगायतका आवश्यक प्रक्रिया पूरा भएको भन्दै केन्द्रीय समिति बैठकबाट लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको ढकालको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *