सानातिना मतभेद बिर्सेर लोकतन्त्र जोगाऔँ: देउवा

 ग्लोबल टिभि      सोमवार, माघ १६, २०७९      0

माघ १६ –  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको रक्षाका निमित्त सानातिना मतभेद बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन्।

शहीद दिवसका अवसरमा सन्देश जारी गरी देउवाले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल  सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने विश्वासमा वीर सपुतहरूले आफूलाई उत्सर्ग गरेको उल्लेख गरेका छन्।

उनले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छन्।

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न शहीद दिवस मनाइरहेको देउवाको सन्देशमा उल्लेख छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *