श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु

 Global Television      सोमवार, माघ १६, २०७९      0
file photo

माघ १६ –  कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हाे।

श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो। आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको छ। गंगाको उपचार भइरहेको छ।

प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ। उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएको थियो। ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *