रुसविरुद्ध युद्धमा होमिएको युक्रेनलाई पश्चिमा देशले कस्ता हतियार सहयोग गरेका छन् ?

 ग्लोबल टिभि      सोमवार, माघ १६, २०७९      0

माघ १६ –   रुस र युक्रेको बीचमा युद्ध सुरु भएको आगामी महिना एक वर्ष पुग्दै छ । युद्ध सुरु हुँदाताका विश्लेषण गरिएको थियो कि, युक्रेनले रुसको अगाडि केही समयमै हार मान्नेछ । तर, युक्रेन त्यसविपरीत आजसम्म युद्ध मैदानमा डटिरहेको छ ।

यसबीचमा युक्रेनलाई पश्चिमा देशहरुले हतियार र बख्तरबन्द सामग्रीको सहयोग गरिरहेका छन्, जसको परिमाण अत्यधिक रहेको छ । लगभग ३० पश्चिमा देशले युक्रेनलाई युद्धका लागि आवश्यक सैन्य सामग्री सहयोग गरिरहेका छन् ।

यसै सातामात्रै अमेरिकाले युक्रेनलाई बख्तरबन्द गाडीसहित करिब दुई अर्ब डलरको सहयोग गरेको छ । यस्तै, बेलायतले ‘च्यालेन्जर २ ट्यांक’ सहयोग गर्ने बताइसकेको छ । दबाबकै बीचमा जर्मनीले पनि युक्रेनलाई आफ्नो ‘लेपर्ड २ ट्यांक’ दिन तयार भएको छ ।

पश्चिमा देशहरुले युक्रेनमा लगातार हतियारसहित सैन्य सामग्री पठाइरहेका छन् । तर, युद्धको माहोल लगातार रुपमा बदलिइरहेको अवस्थामा अहिले युक्रेनको आवश्यकता पनि बदलिन थालेको छ ।

यो आलेखमा अहिले युक्रेनलाई पश्चिमा देशहरुले उपलब्ध गराएको हतियार तथा बख्तरबन्द सामग्रीको विषयमा उल्लेख गर्ने कोशिश गरिएको छ । यस्तै, उसलाई अहिले कुन कुन हतियार तथा सैन्य सामग्रीको आवश्यकता छ भन्ने विषयमा पनि यसमा प्रकाश पारिएको छ ।

ट्यांक
युक्रेनको मागपछि बेलायतले उसलाई १४ वटा च्यालेन्जर २ ट्यांक उपलब्ध गराउन तयार भएको छ । उक्त ट्यांक बेलायती सेनाको मुख्य युद्ध ट्यांक हो । च्यालेन्जर २ ट्यांक सन् १९९० को दशकमा बनेको थियो । यो ट्यांक अन्य ट्यांकभन्दा निकै उन्नत प्रकारको रहेको छ ।

युक्रेनले जारी युद्धभन्दा अगाडि वारसा सन्धिको आधारमा पाइने टी–७२ ट्यांक प्रयोग गरिरहेको थियो । युद्ध सुरु भएसँगै उसलाई पोल्यान्ड, चेक रिपब्लिकसहित अन्य देशले २०० भन्दा बढी संख्यामा टी–७२ ट्यांक सहयोग गरेका छन् ।

रुसको हमलाको केही महिनापछि पश्चिमा देशले नेटो स्ट्यान्डर्डको हतियारको सट्टामा वारसा–युक्रेन सन्धिअनुसार हतियार पठाइरहेका थिए । किनकि, युक्रेनसँग सोही हतियार चलाउने क्षमता भएका सेना र त्यसका लागि आवश्यक मर्मतका सामग्री थिए ।

युक्रेनलाई नेटो स्ट्यान्डर्डको युद्ध सामग्री दिएको भए उसलाई ‘लजिस्टिक सपोर्ट’को पूरा समूहको आवश्यकता पर्दथ्यो, जुन अहिले ऊसँग थिएन । यसबीचमा जर्मनीले उसलाई लेपर्ड २ ट्यांक दिन लागेको छ । अन्य युरोपियन ट्यांकको तुलनामा यसमा इन्धन खर्च कम हुने र प्रयोगमा पनि सहज रहेको बताइएको छ । युरोपका धेरै देशले अहिले यही ट्यांक प्रयोग गरिरहेका छन् ।

लडाकु विमान
युक्रेनलाई अहिले सहयोग मिलिरहेको युद्ध वाहनमा ‘स्ट्राइकर’ मुख्य रहेको छ । यसै सातामात्रै अमेरिकाले उसलाई ९० वटा स्ट्राइकर पठाएको छ । सँगै अमेरिकाले युक्रेनलाई ५९ वटा ब्रेडली इन्फेन्ट्री लडाकु विमान पठाएको छ । अमेरिकाले इराकमा पनि अत्यधिक मात्रामा सोही विमान प्रयोग गरेको थियो ।

एयर डिफेन्स
अमेरिकाले २१ डिसेम्बरमा घोषणा गरेको थियो कि, युक्रेनलाई उसले आफ्नो ‘पोट्रियट मिसाइल’को एक खेप पठाउन लागेको छ । यससँगै जर्मनी र नेदरल्यान्डले पनि युक्रेनलाई पोट्रियट लन्चर र मिसाइल दिने बताएका छन् ।

ती हतियारहको ‘सिस्टम रेन्ज’ करिब १०० किलोमिटरसम्म रहेको छ । तर, ती सिस्टममा प्रयोग हुने मिसाइलको क्षमतामा उक्त रेन्ज तलमाथि हुन सक्ने बताइएको छ । ती लन्चर चलाउनका लागि जर्मनीले युक्रेनका सैनिकहरुलाई एउटा अमेरिकी बेसमा तालिम दिनसक्ने बताइएको छ ।

तर, ती लन्चर सिस्टम चलाउनका लागि भने निकै महँगो रहेका बताइएको छ । उक्त लन्चरमा लाग्ने एउटा ‘पोट्रियट मिसाइल’को मूल्य ३० लाख डलरसम्म पर्ने बताइएको छ ।

युद्धको सुरुआतदेखि नै युक्रेनले सोभियत संघको समयको मिसाइल सिस्टम चलाइरहेको छ । जमिनबाट हावामा प्रहार गर्ने ‘एस–३००’ मिसाइल सिस्टम युक्रेनले प्रयोग गरिरहेको हो ।

अमेरिकाले युक्रेनलाई ‘नसेम्स मिसाइल’ दिएको छ । उक्त मिसाइल नोभेम्बरमा युक्रेन पुगेको थियो । यससँगै बेलायतले पनि ‘स्टारस्ट्राइकर’समेत केही एयर डिफेन्स सिस्टम सहयोग गरेको छ । उक्त सिस्टमले छोटो दूरीमा कम उचाइमा उडान भर्ने विमानलाई ध्वस्त पार्न सफल रहन्छ ।

जर्मनीले ‘आईआरआईएस–टी एयर डिफेन्स सिस्टम’ सहयोग गरेको छ । जसले २० मिलोमिटरको उचाइमा आउनेवाला मिसाइललाई ध्वस्त पार्न सक्दछ ।

रकेट लन्चर
अमेरिकाले युक्रेनलाई दिएको रकेट लन्चरमा ‘एम१४२ हाई मोबिलिटी आर्टिलरी राकेट सिस्टम’ अर्थात ‘हिमार्स’ रहेको छ । अरु युरोपियन देशहरुले पनि यसैसँग मिल्ने एयर सिस्टम पठाएका छन् ।

रुसी सेनालाई पछाडि हटाउनमा युक्रेनी सेनालई मिलेका सफलता यही सिस्टमको कारण भएको मानिएको छ । खासगरी दक्षिण इलाका खेरसनमा मिलेको सफलतामा उक्त सिस्टमको मुख्य भूमिका रहेको बताइएको छ ।

हिमार्सको मुख्य विशेषता भनेको यसमा राखिएको गोला–बारुदको परिमाणका आधारमा यसले आफ्नो रेन्ज बदल्न सक्नु हो । तर, बताइएअनुसार युक्रेनलाई यो मिसाइल सिस्टम दिएका देशहरुले यसमा प्रयोग हुने लामो रेन्जको गोला–बारुद भने पठाएका छैनन् ।

हिमार्स सिस्टम रुसको मिसाइल सिस्टमभन्दा ज्यादा सटिक प्रहार गर्न सक्षम रहेको बताइएको छ ।

होवित्जर
लडाइँको केही महिनापछि युद्धको केन्द्र युक्रेनको राजधानी किभभन्दा पूर्वतर्फ केन्द्रित भएको थियो । जहाँ युक्रेनलाई विविध सैन्य सामग्रीको निकै आवश्यकता थियो ।

सोही समयमा अष्ट्रेलिया, क्यानडा र अमेरिकाले पनि युक्रेनलाई ‘एम ७७७ होवित्जर तोप’ सहयोग गरेका थिए । तोपसँगै त्यसमा लाग्ने गोला–बारुद पनि पठाएका थिए । एम ७७७ को रेन्ज रुसको ‘जियतसिंत–बी होवित्जर’को बराबर रहेको छ । तर, रुसको ‘डी–३० टो गन’को तुलनामा यसको रेन्ज बढी लामो रहेको छ ।

एन्टिट्यांक हतियार
यसबीचमा युक्रेनलाई ट्यांकलाई एकैपटकमा ध्वस्त पार्नसक्ने क्षमताका हतियार पनि उल्लेख्य संख्यामा प्राप्त भएको छ । जसको सहयोगमा र मुख्य भूमिकामा रुसी सेनालाई रोक्न युक्रेन सफल भएको बताइँदै आएको छ ।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडका जस्टिन ब्रोक भन्छन्, “युद्धको सुरुआती चरणमा जमिनमा रुसी सेनाको बर्चस्व तोड्नका लागि ती हतियारहरुको भूमिका निकै ठूलो रहेको थियो ।”

ड्रोन
रुस र युक्रेनबीच अहिलेसम्मको युद्धमा ड्रोनको प्रयोग बढी भएको छ । ड्रोनको प्रयाग निगरानी, निशाना लगाउन र हेभी लिफ्ट अपरेसनका लागि निकै भएको छ ।

यसबीचमा टर्कीले आफ्नो ‘बेरक्तार टीबी २ ड्रोन’ युक्रेन पठाएको थियो । टर्कीको निर्माण कम्पनीले युक्रेनको सहयोगका लागि चलाएको क्राउड फन्डिङ अपरेसनअन्तर्गत उक्त ड्रोन सहयोग गरेको थियो ।

विश्लेषकका अनुसार बेरक्तार टीबी २ ड्रोन युक्रेनको प्रयोगमा निकै सफल भएका छन् । ती ड्रोनले २५ हजार किलोमिटरको उचाइमा उडान भर्ने र निकै रफ्तारमा तल उत्रिएर लेजर गाइडेड मिसाइलमार्फत रुसी बेसमा हमला गर्ने गरेका उनीहरुको दाबी छ ।

बताइएअनुसार ती ड्रोनहरुले रुसी हेलिकोप्टर, नौसैनिक जहाज र मिसाइल सिस्टमलाई निकै नोक्सान पुर्याएका थिए । ती ड्रोन रुसी सैन्य अड्डाको ठेगाना पत्ता लगाउनका लागि निकै सफल रहेका र जसका कारण रुसी सेनाको धेरै बेसमा आक्रमण गरिएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *