पुटिनले क्षेप्यास्त्रले उडाउने धम्की दिएको बेलायती पूर्वप्रधानमन्त्रीको दावी

 ग्लोबल टिभि      सोमवार, माघ १६, २०७९      0

माघ १६ – बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई क्षेप्यास्त्रले उडाई दिने धम्की दिएको दावी गरेका छन् ।

रुस–युक्रेन युद्ध सम्बन्धी बीबीसीले बनाएको वृत्तचित्रमा जोनसनले युद्धका दौरान भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो धम्की दिएको दावी गरेका छन् । ‘बोरिस, म तिमीलाई चोट पुर्‍याउँन चाहन्न, एकै मिनेटमा एउटै क्षेप्यास्त्र वा त्यस्तै अरु केही पर्याप्त हुनेछ’ पुटिनलाई उद्धृत गर्दै वृत्तचित्रमा जोनसनले भनेको बीबीसीले जनाएको छ ।

त्यसो भनिरहँदा पुटिन बडा आनन्दको मुडमा रहेको पनि जोनसनको दावी छ । बेलायतका पूर्व प्रधानमन्त्री जोनसनले आफूले युक्रेनमाथि आक्रमण भए नेटो सेना रुसको झन नजिक आइपुग्ने भन्दै सचेत गराएको पनि उल्लेख गरेका छन् ।

युद्ध रोक्न आफूहरुले सक्दो प्रयास गरेको भन्दै उहाँले पुटिन दम्भले भरिएको आरोप समेत लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *