क्यानको बोर्ड बैठक पोखरामा बस्दै, नेपाल टी–२० लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य अजेण्डा

 ग्लोबल टिभि           0

माघ १७ –  नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज बस्दैछ। बैठक पोखरामा बस्न लागेको हो। यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुने बताइएको छ।

बैठकको मुख्य अजेण्डाका रुपमा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेका छन्।

सन्दीपको फुकुवा गर्ने एजेण्डामा क्यानको आलोचना पनि हुँदै आएको छ। यस्तै राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा पनि छलफल हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *