हिँउमाथिको सिकाई, छैन सरकारको ध्यान? (भिडियोसहित)

 ग्लोबल टिभि      बुधबार, माघ १८, २०७९      0

विनोदबिक्रम भण्डारी

माघ १८ –  सरकारले नेपालको शिक्षा क्षेत्रमा बार्षिक अर्बाै बजेट छुट्याउने गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । तर, हिमाली जिल्ला र केही पहाडी जिल्लामा भने चिसो मौसममा हिँउ परेपछि विद्यार्थी र शिक्षकले कष्ठपूर्ण पठनपाठन गर्नुपरेको भिडियो सार्वजनिक भएको छ ।

यो दृश्य हो,हिमाली जिल्ला बाजुराको सिद्धेस्वरी स्कुलको । जहाँ विद्यार्थीहरुले खुल्ला आकाशमा हिउँको खातमा बसेर प्राथना गरिरहेका छन् । हिँउको चिसो अनुभुतिसंगै न्यानो शिक्षाको ज्योति खोज्न भविष्यका कर्णदार विद्यार्थी निकै मेहनत गरिरहेका छन् ।

दोलखाका विद्यार्थीले विहानको कठ्याङग्रीदो जाडोलाई छल्दै हिउको खात माथि बसेर कष्टकर जिवन व्यतित गरेर शिक्षा आर्जन गरिरहेका छन् । तर, जनताको सेवा गर्छु भनेर देशको बागडोर समालिरहेका तपाई हाम्रा अविभावक भने सत्ता लुछाचुडीकै खेलमा लागिरहेका छन् ।

एकछिन सोचौ त काठमाडाँैमा स्थायी बसोबास भएका तथा कर्मभुमि बनाएका तपाई हामी जो कोहीले हिउ खेल्न कालिन्चोक वा अन्य कुनै स्थानमा जाने गरेका छौं । बल्की बाध्यताले होइन् रहरले । तर देशका दुर्गम भेगका सरकारी विद्यालयका विद्यार्थी भने हिँउमै बसेर पढ्नु पर्ने बाध्यता छ । दृश्यका देखिएको बाजुराको एक विद्यालय हिउँले सेताम्मे भएको छ ।

जसमा विद्यार्थी र शिक्षक विहानको प्रार्थना गरिरहेका छन् । विद्यार्थीहरु विहानीको शारिरीक ब्यायाम गरिरहेका छन् । पज
देशको राजधानी काठमाडाँैमा जिल्लाबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु मध्ये केहीले मन्त्री बन्ने अवसर समेत पाएका छन् ।

उनीहरुलाई राम्रोसंग थाहा छ कि आफ्नो भुगोलको समस्या र पीडा के हो ? तर उनीहरुलाई पिडा र बेदना बुझ्न समय समेत छैन । पछिल्लो समय हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र बाजुरा लगायत जिल्लामा नियमित हिउँ परेपछि विधार्थी पठनपाठनमा केही बाधा पुगेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *