कोरोना हव बन्दै शिक्षण सस्था

जोखिममा युवा पुस्ता

 ग्लोबल टिभि      सोमवार, चैत्र ३०, २०७७      0
file photo

लक्ष्मी अधिकारी । कोरोनाको दोस्रो लहर सुरु भएसंगै संक्रमण दर उच्च भएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार युवा उमेरका बढी संक्रमित भेटिएका छन् ।

अस्पतालमा भर्ना भएका मध्य ५० प्रतिशत विरामी पचास वर्ष मुनीका रहेको सरकारी तथ्यांक छ । कोरोना संक्रमण दर न्यून हुँदै गइरहेका बेला लापरवाहिले महामारीको रुप लिएको विज्ञको भनाई छ ।

दोस्रो लहरमा फैलिएको नयाँ प्रजातिको कोरोना भाइरस कम उमेर समूहमा बढी देखिएको छ । जसका कारण युवा पुस्ता जोखिममा छन् । लामो समयको लकडाउनपछि सामान्य अवस्थामा रहेको जनजीवन फेरी प्रभावित हुने सम्भावना बढेको छ ।

नौ महिनापछि खुलेका शिक्षण सस्था फेरी बन्द हुने अवस्थामा पुगेका छन् । शिक्षण सस्था स्वाथ्य मापदन्ड विना नै निर्वाद रुपमा सञ्चालनमा रहेका कारण संक्रमण दर उच्च भएको शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा.अनुप बाँस्तोलाको भनाई छ ।

स्वास्थ्य मापदन्ड विना नै विद्यालय सञ्चालन हुनु र कोरोनाको संक्रमण पनि युवा पुस्तामा बढी देखिनु नेपालका लागि खतार रहेको उनले बताए ।उनी भन्छन्, ‘पहिलो चरणमा अलि पाका उमेरका विरामी बढी आउने गर्नुहुन्थ्यो, तर, कोभिडको दोस्रो चरणको सुरुवाती फेजमा युवा पुस्ताका विरामीहरु अस्पताल भर्ना बढी भएका छन्’ ।

संक्रमणको दर बृद्धि हुँदा स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा नहुँन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । कम उमेरका व्यक्ति कोरोनाको संक्रमणमा पर्नु विद्यालय भएको टेकु अस्पतालको भनाई छ । यद्यपी सरकारले विद्यालय, क्याम्पस बन्द गर्न र लकडाउन जारी गर्ने बारेमा कुनै निर्णय भने गरकोे छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *