रुकुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

 ग्लोबल टिभि      बुधबार, माघ १८, २०७९      0

माघ १८ –  रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ छिवाङ ज्युला ढुडेबगरमा गएराति  ट्याक्टर  दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

सोलावाङबाट सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टर चालक मुसिकोट नगरपालिका ८ गोरखानीका २२ वर्षीय मन बहादुर बि.क. र परिचालक जाजरकोटको भेरी नगरपालिका १ का ३५ वर्षीय हरि बहादुर बि.क. घाइते भएका थिए ।

सल्ले स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा हरि बहादुरको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट छिवाङले जनाएको छ । चालक मन बहादुरलाई भने थप उपचारको लागि नेपालगञ्ज ल्याइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *