चोटका कारण एम्बाप्पे ३ साताभन्दा बढी मैदानबाहिर रहने

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

माघ २० –  फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण तीन साताभन्दा बढी मैदान बाहिर रहने भएका छन्। तिघ्राको चोटका कारण एम्बाप्पेले बायर्न म्युनिखसँगको च्याम्पियन्स लिगको अन्तिम १६ को खेल गुमाउने भएका छन्।

बुधबार राति मोन्टिपेलियरसँगको खेलका क्रममा एम्बाप्पे घाइते भएका हुन्। पीएसजीले मोन्टिपोलियरलाई ३–१ ले हराएको खेलमा दुई पेनाल्टीको अवसर एक ओपन गोल मिस गरेका एम्बाप्पलेका लागि बिर्सन लायक रात बनेको थियो। उनले खेलको २०औँ मिनेटमा मैदान छाडेका थिए।

पीएसजीले १४ फेब्रुअरीमा जर्मन च्याम्पियन खेल्दै छ। एम्बाप्पले त्यसअघि फेब्रुअरी ८ मा मार्सेलीसँगको फ्रेन्च कप र मोनाकोविरुद्धको लिग १ पनि गुमाउनेछन्।

एम्बाप्पेले यो सिजन क्लबका लागि २६ खेलमा २५ गोल गरिसकेका छन्। बायर्नसँगको दोस्रो लेग ८ मार्चमा जर्मनीमा हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *