पाकिस्तानले गर्‍यो एक सय २० गैरकानुनी अफगान नागरिकलाई रिहा

 Global Television      शुक्रबार, माघ २०, २०७९      0

माघ २० – पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ।

इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका एक सय २० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो।  गत मङ्गलबार करिब एक सय ३० अफगान बन्दीहरूलाई रिहा गरिएको  थियो। यस घोषणाअनुसार आगामी दिनमा थप अफगान नागरिकलाई रिहा गरिने छ। यसअघि दूतावासले पाकिस्तानी जेलबाट १३ सय अफगान शरणार्थी रिहा भएको घोषणा गरेको थियो।

पाकिस्तानी अधिकारीहरुकाअनुसार, एक विशेष अपरेसनको क्रममा प्रहरीले कानुनी आवासीय अनुमति (भिसा) नभएको कारण पाकिस्तानभर महिला र बालबालिका सहित  १२ सय भन्दा बढी अफगान नागरिकलाई पक्राउ गरी जेलमा हालेको पाकिस्तानमा रहेको अफगान दूतावासले पुष्टि गरेको छ।

करिब १५ सय कागजातविहीन अफगान शरणार्थीहरू अझै पनि पाकिस्तानको जेलमा छन्, र तिनीहरूको रिहाईको लागि प्रयास भइरहेको बताइएको छ।  प्रतिवेदनले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर)को रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ कि हाल पाकिस्तानमा करिब १३ लाख वैध अफगान शरणार्थीहरू बसोबास गरिरहेका छन्।

तर हजारौं अवैध अफगान आप्रवासीहरू पनि पाकिस्तानका विभिन्न भागहरूमा बसोबास गरिरहेका छन् भन्ने अनुमान गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *