माघ २० – अस्ट्रेलियन टेनिस स्टार निक कीर्गियोसले पूर्वप्रेमिकालाई अभद्र व्यवहार गरेको पुष्टि भएपनि उनी आपराधिक सजायबाट भने बचेका छन् ।
क्यानबेरा अदालतमा चलेको मुद्दामा कीर्गियोसका वकिलहरुले उनीमाथि लागेको आरोपका आधारमा हुने कारबाहीलाई मानसिक स्वास्थ्य अवस्थालाई कारण देखाउँदै खारेज गर्न असफल भए । तर, २७ वर्षीय कीर्गियोले पूर्वप्रेमिकालाई अभद्र व्यवहार गरेको पुष्टि भएपनि अदालतले उनको यो कार्यलाई आपराधिक क्रियाकलाप मान्न भने अस्वीकार गर्यो ।
कीर्गियोसले सन् २०२१ मा क्यानबेराको फुटपाथमा चियारा पासारीलाई धकेलेको प्रमाणित गरेपनि श्रेस्तेदार (मजिस्ट्रेट) ले उनको यो कार्यलाई ‘रिसको बेला गरेको मुर्खतापूर्ण कार्य’ भएको बताउँदै यो आपराधिक क्रियाकलाप नभएको बताए ।
अदालतमा पेस तथ्यहरुकाअनुसार किर्गियोसले पासारीलाई २०२१ को जनवरी १० मा बहस गरिरहेको बेला कीर्गियोसलाई कारलाई बाहिर निस्कनबाट रोकेपछि धक्का दिएका थिए । पासारीले यसबारे त्यसको अर्को महिना प्रहरीमा जानकारी गराएपनि उनले आधिकारिक उजुरी भने दर्ता गराएकी थिइनन् ।
यी दुई त्यसपछि पनि एकसाथ रहन थाले तर सम्बन्ध बिग्रिएपछि भने पासारीले २०२१ को डिसेम्बरमा प्रहरीमा उजुरीसमेत दर्ता गराइन् ।
कीर्गियोसका वकिल मिचेल कुकुलाइज–स्मिथले त्यसबेला परिस्थितिलाई अझ उग्र हुनबाट जोगाउन कीर्गियोसले उबर बोलाएको बताए ।
किग्रियोसलाई सजाय सुनाउँदा मजिस्ट्रेट बेथ क्याम्पबेलले कीर्गियोसलाई ‘उच्च भावनात्मक अवस्थाबाट आफूलाई बाहिर निकाल्न खोज्ने युवा’ को रुपमा चित्रण गरे । “तिमीले त्यसबेलाको रिसको झोँकमा यस्तो कार्य गर्यौं,” क्याम्पबेलले भनिन् ।
Leave a Reply