सन्दिप र क्यान विरुद्ध सामाजिक सञ्जालमा चल्यो बाइकटक्यान अभियान

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

माघ २० – नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा क्यानविरुद्ध विरोध सुरु भएको छ।

हिजो सााँझ देखि सामाजिक सञ्जालमा बाइकटक्यान अभियान चलाएका हुन्।  उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन्।

बसन्त गौतमले आफ्नो सामाजिक सञ्जालमा बाइकटक्यान भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ।’

शशांकले ट्वीटरमा लेखेका छन्, ‘आरोपीको निलम्बन फुकुवादेखी राष्ट्रिय टिमसम्मको प्रवेशमा सरकार र प्रतिपक्षी पार्टी दुबैले मौनता साधे। क्यानको अटेरीपनले सिमा नाघ्यो। तर नागरिक मौन बस्दैनन्। अब हामी सडकबाट सोध्नेछौं, यो देशमा सर्भाइभरको सुरक्षा महत्वपूर्ण कि आरोपीलाई फूलमाला? भोलि शनिबार १ बजे माइतीघरमा।’

च्यवनले लखेका छन्, ‘चतुर, क्यान र राज्य मिलेर बलात्कार जस्तो जघन्य अपराधका आरोपी सन्दिप लामिछनेलागि निर्धक्क र जबर्जस्ती समाजमा स्विकार्य गराउन, मैदानमा स्थापित गराउन खोज्छन् भने न्याय प्रेमि समाजले सन्दिपलाई मात्र हैन सन्दिप भएको टिमलाई पनि बहिस्कार गर्न सक्छ र गर्छ पनि!!’

तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मुलिहरु त नाङ्गै हिँडे पी एम नेपाल सरकार कता छ ? यस्तै हेल्लो क्रिकेटनेप बलात्कार तिम्रा लागि सामान्य घटना हो? बाइकटक्यान’

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान बाइकटक्यान’

अर्को सामाजिक सञ्जाल प्रयोगकर्ता सुबास अधिकारीले सन्दिपको पक्षमा लेखेका छन्, ‘फौजदारी अपराध अभियुक्त संसद र सरकारमा सामेल हुने देशमा नावालिक बलात्कार अभियुक्त राष्ट्रिय टोलीमा समावेश भइ राज्यको प्रतिनिधित्व गर्नु के ठूलो कुरा भयो र?’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *