निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

माघ २० – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको उल्लेख गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *