राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

 Global Television      शुक्रबार, माघ २०, २०७९      0

माघ २० – क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्।

पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्।

नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो। राष्ट्रिय टोलीसँगै होटलमा रहेका उनी शुक्रबार दिउँसो बन्द प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका हुन्।

यसअघि नै सन्दीपले क्यानको प्रशिक्षणस्थलतमा पुगेर अभ्यास गरेका थिए। नेपाल, नामिबिया र स्कटल्यान्डबीच आगामी फागुन २ गतेदेखि ९ गतेसम्म घरेलु मैदान कीर्तिपुरमा त्रिदेशीय सिरिज हुँदैछ।

बन्द प्रशिक्षणमा फर्किएसँगै अब फिट्नेसमा समस्या नभए सन्दीपले उक्त सिरिज खेल्नेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *