लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर तालिम सम्पन्न

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

माघ २०– लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर (Cardio Pulmonary Resuscitation), AED Training, Respiratory Airway Management, Choking तालिम सम्पन्न भएको छ ।

किर्तीपुर नगरपालिका भित्र रहेका सरकारी विद्यालयमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरुलाई सिपिआर सम्बन्धि तालिम दिई विद्यालयमा कुनै श्वासप्रश्वास सम्बन्धि समस्या भएमा अस्पताल पुग्न अघि सिपिआर गर्न सकोस् भन्ने उद्धेश्य सहित यस तालिमको आयोजना गरिएको आयोजक लुँ स्वां फाउण्डेशन अफ नेपालकी अध्यक्ष मुना महर्जनले बताईन । गत माघ १५ गतेका दिन किर्तीपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा आयोजना भएको तालिममा प्रा. डा विश्वास प्रधानले तालिम दिएका हुन । कार्यक्रममा किर्तीपुर नगरपालिकाकी उप प्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट व्यक्तिहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

किर्तिपुर नगरपालिका भित्र रहेका विभिन्न सरकारी विद्यालयका २५ जना भन्दा बढि शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी भएका शिक्षक शिक्षिकाहरुले विद्यालयमा कुनै पनि स्वास्थ्य समस्या भएमा आफुहरु तत्पर रहन यस तालिमले उर्जा दिएको बताएका थिए ।

तालिमको अन्त्यमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शाक्यले आजको समयमा स्वास्थ्य सम्बन्धि तालिमहरु अत्यावश्यक रहेको र सो कुरालाई मध्यनजर गर्दै लुँ स्वां फाउण्डेशन अफ नेपालले यस तालिमको आयोजना गरेको आफु निक्कै हर्षित भएको र निरन्तर यस्ता सकारात्मक कार्यक्रमहरु आयोजना गर्दै जान उत्साह दिएको थियो साथै किर्तपुर नगरपालिकाले पनि स्वास्थ्यको क्षेत्रमा काम गर्ने बृहत योजना नै बनाएको पनि जानकारी गराएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *