पर्यटक प्रहरीलाई निःशुल्क चिनियाँ भाषा पढाउँदै इमर्सन एकेडेमी

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

माघ २०- इमर्सन म्यानडरिन एकेडेमी (आईएमए)ले नेपाली प्रहरीका पर्यटक प्रहरीहरूलाई निःशुल्क चिनियाँ भाषा पढाउन थालेको छ। इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गत फेब्रुअरी १ बाट एकेडेमीले प्रहरीहरूलाई चिनियाँ भाषा पढाउन थालेको हो।

एकेडेमीकी निर्देशक प्रमिला तामाङ, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरीका डीएसपी सुगन्ध श्रेष्ठ, इस्ट चाइना युनिभर्सिटीका प्राध्यापक सिन लुकाओले कक्षा सञ्चालन शुभारम्भ गरेका थिए।पर्यटक प्रहरीका तर्फबाट लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठले पहिलो चरणमा चिनियाँ भाषा सिक्ने भएका छन्।

नेपाल प्रहरीका पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग कुराकानी गर्न सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको एकेडेमीकी निर्देशक तामाङ बताउँछिन्। यस्तै चिनियाँ पर्यटकले कुनै प्रकारको समस्या भोगेमा त्यसको समाधान गर्न सहज होस् भन्ने अभिप्रायले कक्षा सञ्चालन गरिएको उनको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका महानिर्देशक लुइँटेलले चिनियाँ भाषा कक्षाले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरू कुनै समस्यामा परे तत्काल समाधान गर्न सहज हुने बताए।प्राध्यापक लु काओले चिनियाँ भाषा कक्षाले चीन र नेपालबीचको सञ्चार सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए। यस्तै उनले यस कदमलाई आदानप्रदान कार्यक्रमको सुरुआत मात्र भएको र भविष्यमा थप कार्यक्रम गरिने पनि बताए।

कक्षा अवधि दुई महिनाको हुनेछ। चिनियाँ भाषा सिक्ने आएका पर्यटक प्रहरीहरू उत्साही भएको एकेडेमीले जनाएको छ।कक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा एकेडेमीका तर्फबाट अनिशा सुयाल मगर, जेस तामाङ र बिनीता गुरागाईँको उपस्थिति थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *